PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

पहिलो जितको खोजीमा नेपाल



पहिलोपोस्ट

पहिलो जितको खोजीमा नेपाल
फाइल फोटो

काठमाडौं: आईसीसी टी-२० महिला विश्वकपको एसिया क्षेत्रको छनोट चरणको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा हङकङसँग ६ विकेटको पराजय ब्यहोरेको नेपाल आज दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ।

आईसीसी एकेडेमीको मैदानमा नेपाल र भुटानबीचको खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। भुटानले सिरिजमा यसअघिको खेलमा कुवेतमाथि ४० रनको जित निकाल्दै सानदार सुरुवात गरेको थियो। नेपालले भने पहिलो खेलमा हङकङसँग फितलो प्रदर्शन गर्दै पराजित भएको थियो।

विश्वकप क्वालिफायर्समा नेपालको खेल

२३ नोभेम्बर: नेपाल भर्सेस भुटान

२५ नोभेम्बर: नेपाल भर्सेस कुवेत

२६ नोभेम्बर: नेपाल भर्सेस मलेसिया

२८ नोभेम्बर: नेपाल भर्सेस युएई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell