PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

कास्की क्षेत्र नं २ सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित



पहिलोपोस्ट

कास्की क्षेत्र नं २ सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित

पोखरा : नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सभापति पदका लागि भएको निर्वाचनमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन्। उनले आफ्नो प्रतिस्पर्धी पुण्डरीप्रसाद बराललाई १७ मतले हराएका छन्। निर्दोषीको २४७ मत आउँदा पुण्डरीप्रसाद बरालको २३० मत पाएका थिए।

यता, देवकृष्ण पराजुलीले २३० र महेन्द्र अधिकारीले २२६ मत ल्याउँदै सचिव पदमा निर्वाचित भएका छन्। सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भएका छन्।

क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाले सर्वाधिक मतका साथ विजयी भएका छन्। ३६१ मत ल्याउँदै मन्त्री थापा विजयी भएका हुन्। यस्तै मन्त्री कुमार खड्का पनि २८८ मतका साथ विजयी भएका छन्।

यता खुला सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी र शारदाराज चालिसे निर्वाचित भएका छन्। खस आर्य महिलामा कोपिला तिवारीले २४७ र मिलन थापाले २४५ मत ल्याएर निर्वाचित भएका छन्।  खसआर्य खुलामा किरण केसी ३५७, मुकुन्द बास्तोला ज्वाला २१०, मदन बस्नेत १६३ मतका साथ विजयी भएका छन्।

आदिवासी जनजाति महिला प्रतिनिधिमा तीर्थकुमारी गुरुङ र सुनयना पालिखे विजयी भएका छन्। खुलामा आशिक गुरुङ र निर्मलप्रसाद कर्माचार्य विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell