पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा सभापति पदका लागि भएको निर्वाचनमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन्। उनले आफ्नो प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई ४५८ मत ल्याएर पराजित गरेका हुन्। गुरुङले ३३० मत प्राप्त गरेका थिए।
यस्तै, सचिवमा सरोज केसीले ४५६ र ओमप्रकाश गुरुङले ४१८ मत ल्याएर विजयी भएका छन्। सचिवमा पदमा प्रतिस्पर्धी रहेका शोभामोहन पौडेलले ३२२ र जितेन्द्र गुरुङले १८८ मत ल्याएका थिए। सहसचिवमा सुजता गुरुङले ३७१ र मोती गिरी ३४५ मत ल्याएर विजयी भएका छन्।
क्षेत्र नम्बर २ को मतपरिणाम यसअघि नै आइसकेको छ। २ मा सभापति पदमा केशरप्रसाद निर्दोषी विजयी भएका छन्।
यता क्षेत्र नम्बर ३ मा सभापतिका लागि मनोज गुरुङ र खिमलाल बास्तोलाबिच प्रतिस्पर्धा छ। गुरुङ तरुण दल कास्कीका अध्यक्ष हुन्। क्षेत्र नं ३ को मतगणना जारी छ।
