PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

एमाले महाधिवेशनको बन्दसत्रका लागि सौराहामा बन्दै दुई हजार जना क्षमताको अस्थायी हल



निशा गुरुङ

एमाले महाधिवेशनको बन्दसत्रका लागि सौराहामा बन्दै दुई हजार जना क्षमताको अस्थायी हल

चितवनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको अस्थायी हल निर्माण सुरु भएको छ।

बन्दसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली स्थानमा हल निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए।

महाधिवेशनका सहभागी हुने दुई हजार जना प्रतिनिधि सहज रुपमा अट्ने गरी १३ हजार वर्ग फिटको हल र एक हजार २०० वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको सुवेदीले बताए। मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने भए पनि बन्दसत्र सौराहामा हुँदैछ।

एमाले महाधिवेशनको बन्दसत्रमा करिब दुई हजार प्रतिनिधि सहभागी हुँदैछन्। दुई दिनसम्म हुने महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिका अलवा पाँच हजार मानिस आउने व्यवसायीले अपेक्षा गरेका छन्।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पाहुना, सुरक्षाकर्मी र पत्रकारलाई राख्न एमालेले सौराहामा तीन हजार ५०० कोठा अग्रिम बुक गरिसकेको छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि उनीहरु बस्ने होटलमा नै दुई दिन रातिको खाना र ३ दिन बिहानको नास्ता व्यवस्था गरिएको छ। मंसिर ११ गते र १२ गते बिहानको खाना सामूहिक रुपमा खानेगरी होटल सेभेन स्टारले व्यवस्थापन गर्नेछ। मंसिर ११ गते राति पार्टी अध्यक्ष केपी शर्मा ओलीले सौराहामा नै रात्रिभोजको आयोजना गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell