PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को घोषणा, विजेताले २५ लाख पाउने



पहिलोपोस्ट

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को घोषणा, विजेताले २५ लाख पाउने

काठमाडौं : पछिल्लो समय नेपालमा रियालिटी शोको क्रेज बढ्दो छ।यसैबिच इमेज टिभी एचडीबाट नयाँ रियालिटी शो प्रशारणमा आउने भएको छ।

भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ इमेजबाट प्रशारण हुन लागेको हो। इमेज टिभी एचडी र भ्वाइस स्टार नेपाल प्रा.ली बिच सम्झौता भएको छ।

'नेपाल्स सिङ्गिङ सुपरस्टार'मा साँगीतिक क्षेत्रमा संघर्षरत गायक/गायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने शोका क्रिएटिभ निर्देशक रवि श्रेष्ठ जानकारी दिए। उनका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ। पुसको पहिलो साताबाट खुल्ला हुने डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ।

२५ श्रृखलासम्म चल्ने यस शोको विजयीले २५ लाख नगद पाउनेछन्। विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ। भोटका लागि सजिलो पे भोटिङ पार्टनर बनेको छ।

शोको निर्णायकहरु पक्‍का भइसकेका छन्। तर, प्रचारको लागि 'गेस द जजेज' क्याम्पिन हुनेछ। उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell