PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

दमकमा महाधिवेशन गर्न प्रचण्डलाई ओलीको चुनौती



प्रकाश भण्डारी

दमकमा महाधिवेशन गर्न प्रचण्डलाई ओलीको चुनौती

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले भित्र रहेको 'ल्याङल्याङ' अन्त्य भएको टिप्पणी गरेका छन्। उनले केही मानिस चोइटिए पनि एमाले एकजुट छ भन्ने सन्देश महाधिवेशनले दिने बताए। मंगलवार सम्पादकहरुसँगको छलफलका क्रममा उनले आउने चुनावबाट एमालेलाई बहुमत आउने दाबीसमेत गरे। 

विधान महाधिवेशनबाट पारित नीतिमाथि कुनै विरोध वौद्धिक  जगतबाट नआएको भन्दै अध्यक्ष ओलीले खुसी व्यक्त गरे। 

उनले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)लाई पार्टी स्वीकार गर्न नसकिने जिकिर गरे। 'माधव नेपाल र निस्कासित व्यक्तिहरुको गुटलाई पार्टीलाई मान्न सकिन्न,' उनले भने, 'माधव नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन्।'

उनले देशको अहितमा काम गरेकाले साउन २५ गते नेपालबाहेकका नेतालाई कारवाही गरिएको बताए। चितवनमा महाधिवेशन गर्नु प्रचण्डप्रति लक्षित नभएको भन्दै ब्यंग्यसमेत गरे। 

'प्रचण्ड जी चितवन जानु भो। रोल्पा गरौँ भने उहाँ लडेको सिराहा गरौँ भने त्यहाँ पनि प्रचण्ड लडेको काठमाडौंमा गरौँ भने उहाँले नै लडेको। झापा आएर महाधिवेशन गरौँ?' ओलीले भने, 'प्रचण्डले सीपी जीले महाधिवेशन गरेकाले उहाँलाई भनेको हो कि?' 

सीपी मैनाली नेतृत्वको नेकपा मालेले कात्तिकमा चितवनमा महाधिवेशन गरेको थियो।

उनले आफ्नो निर्वाचन क्षेत्र दमक गएर महाधिवेशन गर्न भन्दै चुनौतीसमेत दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell