PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

थप ९८ हजार ५०० बढीले लगाए खोप, १० हजार बढीको परीक्षण गर्दा भेटिए ३५१ संक्रमित



पहिलोपोस्ट

थप ९८ हजार ५०० बढीले लगाए खोप, १० हजार बढीको परीक्षण गर्दा भेटिए ३५१ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको कोभिड १९ परीक्षण गर्दा ३५१ जनामा संक्रमण देखिएको छ। यस्तै, २७३ जना संक्रमण मुक्त भएका छन्।  हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३०० पुगेको छ।

संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कूल मृतकको संख्या ११ हजार ५०९ पुगेको छ।

स्वास्थ्य मन्‍त्रालयले पछिल्लो २४ घण्टामा ९८ हजार ५११ जनाले कोभिड १९ विरुद्ध खोप लगाएको जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell