PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

भुटानमाथि नेपालको सहज जित



पहिलोपोस्ट

भुटानमाथि नेपालको सहज जित
तस्बीर: क्यान

काठमाडौं: आईसीसी टी-२० महिला विश्वकपको एसिया क्षेत्रको छनोट चरणको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ। आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपालले भुटानमाथि ८ विकेटको फराकिलो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो। जसका लागि नग्वान छोदेनले सर्वाधिक १३ रन बनाउँदा सोनम पाल्डोनले ११ रन बनाइन्। त्यसबाहेकका ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ सीता राना मगरले ३ विकेट लिँदा करुणा भण्डारीले १ विकेट लिइन्।

६२ रनको लक्ष्य पछ्याएको नेपालले ८.३ ओभरमा लक्ष्य पुरा गर्‍यो। जसका लागि इन्दु वर्माको अविजित १८ रन, सीता राना मगरको १७ रन, रुबिना क्षेत्रीको १० रन र कविता जोशीको ८ रनको सहायतामा लक्ष्य पुरा गर्‍यो। भुटानकी तासी छेकीले विकेट लिइन्।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो। त्यस्तै भुटानले कुवेतमाथि जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell