PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सचिवालय सदस्यमा मनोनीत भइसकेपछि रामचन्द्र झा समाजवादीमा प्रवेश



पहिलोपोस्ट

सचिवालय सदस्यमा मनोनीत भइसकेपछि रामचन्द्र झा समाजवादीमा प्रवेश

जनकपुरधामः नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ। कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ। 

धनुषामा आयोजित सभामा झासहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरिएको छ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले झालाई फूल माला लगाएर स्वागत गरेका हुन्।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रवाट वरिष्ठ दन्त चिकित्सक डा. अजयकुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर करिब पाँच सय समाजवादीमा प्रवेश गरेको पनि पार्टीले दाबी गरेको छ। डा. झा नेविसंघ धनुषाका जिल्ला अध्यक्ष समेत रहिसकेका छन्।

सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा संघीयता, लोकतन्त्र तथा समावेशीताको रक्षा गर्दै जनताको अधिकार स्थापित गराउनका वर्तमान गठबन्धनको सरकार बनेको जिकिर गरे। गठबन्धन आउँदो चुनावसम्मै कायम रहने पनि नेपालले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell