PahiloPost

Jun 4, 2026 | २१ जेठ २०८३

अन्तर्राष्ट्रिय पर्यटकका लागि अप्रिलदेखि सीमा खुला गर्दै न्यूजिल्याण्ड



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय पर्यटकका लागि अप्रिलदेखि सीमा खुला गर्दै न्यूजिल्याण्ड

न्यूजिल्याण्डले सन् २०२२ को अप्रिलदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुला गर्ने योजना सार्वजनिक गरेको छ। कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका यात्रुका लागि अप्रिल ३० देखि आवागमन खुला गरिने जनाइएको छ। सबै प्रक्रिया पूरा गरेर आउने यात्रुहरुले थप ७ दिन आइसोलेसनमा बस्ने नियम बनाइएको छ।

न्यूजिल्याण्डका नागरिकहरुलाई समेत सोही नियम अनुसार यात्रा अनुमति दिइनेछ। कोभिड १९ संक्रमण महामारी सुरु भएयता न्यूजिल्याण्डको सीमा बन्द रहेको थियो।

पहिलो चरणमा सन् २०२२ जनवरीदेखि अस्ट्रेलियामा रहेका र खोपको पूर्ण मात्रा लगाएका न्यूजिल्याण्डका नागरिकले प्रवेश पाउनेछन्। फेब्रुअरी १३ देखि भने विदेशमा रहेका न्यूजिल्याण्डका नागरिकहरु फर्किन सक्नेछन्।

अप्रिल ३० देखि मात्रै अन्तर्राष्ट्रिय यात्रुलाई न्यूजिल्याण्डमा प्रवेश दिइनेछ। यसरी आउने यात्रुहरुको विमानस्थलमा कोरोना भाइरस परीक्षण समेत गरिनेछ।

हाल न्यूजिल्याण्डका नागरिक र स्थायी बासिन्दाले मात्र न्यूजिल्याण्डमा प्रवेश पाउँछन्। यसरी प्रवेश गर्नेहरुले सरकारले तोकेको होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell