काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भक्तपुरमा भएको दुई निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचनको मतपरिणाम सकिएको छ।
मंगलवार भएको मतदानको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा जीवन खत्री र क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भेषबहादुर कार्की निर्वाचित भएका छन्।
सचिवमा समुन्द्र थापा र रबिनकुमार केसी तथा सहसचिवमा रामकाजी भुज र राजेश्वर वन निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमा आदिवासी जनजाति खुल्लातर्फ बलबहादुर श्रेष्ठ र सहदेव श्रेष्ठ तथा प्रदेशसभा ‘क’ बाट लक्ष्मीभक्त गोसाईं, नीलकृष्ण साख र महिलातर्फ कमलकेशरी चौगुठी निर्वाचित भएका छन्। कार्यसमितिका अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएको बताइएको छ।
क्षेत्र नं १ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा प्रवीन वन, बाबुराजा जोशी, राधा कार्की (सरु बानिँया), कृष्णलाल भँडेल, जीवन खत्री, जग्गनाथ कार्की, राजाराम खड्का, दयामान कमर्चाय, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषत्तोम लामिछाने, मनोजकुमार थापा, गोविन्द थापा, नवराज दाहाल रहेका छन्। यस्तै, शुभद्रा काफ्ले, सङ्गीता फुयाँल, रुपा थापा, गङ्गालक्ष्मी अवाल, रजनी जोन्छे, रञ्जना कक्षपति, सुरेश श्रेष्ठ, रत्नसुन्दर खाइतु, जीवन भुजू, केशव दुवाल र हरिकृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। त्यसैगरी, महाधिवेशन प्रतिनिधिमा जीवन खत्री, गोविन्द थापा र नवराज दाहाल पनि निर्वाचित भएका छन्।
यता कांग्रेस भक्तपुर क्षेत्र नं २ को सचिवमा ईश्वर खड्का र सबिन ढुङ्गेल तथा सहसचिवमा सुसन प्रजापति र मीना चित्रकार श्रेष्ठ विजयी भएका छन्। महिला सदस्यमा रीना महर्जन, खुल्ला सदस्यमा बाबुकाजी डङ्गोल, वीरजी श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, आदिवासी जनजाति महिलामा मधु श्रेष्ठ विजयी भए। आदिवासी जनजाति खुल्लातर्फ हरिभक्त हेक्का, वीरेन्द्र प्रजापति, खस आर्य महिलातर्फ दुर्गा न्यौपाने, खस आर्य खुल्लातर्फ प्रल्हाद कार्की र अचुत केसी विजीय भएका छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधि महिलातर्फ रमा कोइराला पौडेल, दुर्लभ थापा, अष्टकुमार कवें, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आर्चाय, उद्धव सिलवाल, राजनकाजी त्वाती, गणेशमान चक्रधर र सन्तोष भट्टराई, अञ्जनादेवी मध्यकर्मी, प्रमिला सुवेदी आचार्य र कमला कर्मचार्य विजयी भए। यस्तै, आदिवासी जनजाति खुल्लातर्फ ज्ञानदास प्रजापति, दिलकृष्ण प्रजापति र रामकाजी चक्रधर विजयी हुनुभएको छ भने खस आर्य महिलातर्फ सङ्गीता थापा, सुमित्रा सापकोटा, खस आर्य खुल्लातर्फ अचुतप्रसाद मिश्र, लछुराम न्यौपाने र उमेश खड्का विजयी भएका छन्।
दलिततर्फ पूर्ण नेपाली बिसुङ्के, मुस्लिम अपाङ्ग मधेसीतर्फ कसबहादुर कोजु, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति महिलातर्फ नारायणदेवी जाकिबञ्जार र खुल्लातर्फ मिठाराम न्यौपाने, मनिराज थापा, महितर्फ हीरा श्रेष्ठ र खुल्लातर्फ राजभक्त श्रेष्ठ तथा राजेश श्रेष्ठ निर्वाचित भएका छन्।
नेपाली कांग्रेस जिल्ला सभापतिमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबिच प्रतिस्पर्धा हुने देखिएको छ। १३औँ महाधिवेशनमा पनि थापा र कवेँबिचको कडा प्रतिस्पर्धामा थोरै मतान्तरले थापा विजयी भएका थिए।
