PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सचिवभन्दा माथिल्लो पदको दाबी अहिले गर्दिन : योगेश भट्टराई



पहिलोपोस्ट

सचिवभन्दा माथिल्लो पदको दाबी अहिले गर्दिन : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले १० ‍औं महाधिवेशनमा सचिव पदमै उम्मेदवारी दिने बताएका छन्। चितवनमा आयोजित कार्यक्रममा उनले महाधिवेशनमा आफू फेरि सचिवको लागि उम्मेद्वार रहने बताएका हुन्।

'लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। म अहिले चौतारीमा बस्दैछु। सचिव पदमा उठ्ने तयारी गरेको छु' उनले भने।

भट्‍टराईले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताए।

उनले महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको भन्दै अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell