PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माग्डालेना अन्डेर्सन बनिन् स्विडेनकी पहिलो महिला प्रधानमन्त्री



पहिलोपोस्ट

माग्डालेना अन्डेर्सन बनिन् स्विडेनकी पहिलो महिला प्रधानमन्त्री
Photo : Reuters

माग्डालेना अन्डेर्सन स्विडेनको पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित भएकी छिन्। स्विडेनको संसदले अन्डेर्सनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हन्।

निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी अन्डेर्सन सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ हुन्।

संसदका कुल ३४९ जना सदस्य मध्ये १७४ जनाले उनको विपक्षमा मतदान गरेका थिए। तर, ५७ जना मतदान प्रक्रियामा सहभागी नहुँदा र ११७ जनाले अन्डेर्सनको पक्षमा मतदान गरेपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।

स्वीडिस व्यवस्था अनुसार प्रधानमन्त्री निर्वाचित हुन बहुमत आवश्यक हुँदैछ। यस्तै, उम्मेदवारको विपक्षमा १७५ मत नभए त्यस्ता उम्मेदवार प्रधानमन्त्री नियुक्त हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell