PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

माधव नेपाललाई ओलीको जवाफ : कांग्रेसी पुच्छरको यत्रो धाक !



पहिलोपोस्ट

माधव नेपाललाई ओलीको जवाफ : कांग्रेसी पुच्छरको यत्रो धाक !

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको सुरुवात गरेका छन्। सरकारमा रहँदा 'साइबर सेना'को कारण आलोचित बनेका ओली सरकार बाहिर पुगेपछि युवा संघले सुरु गरेको साइबर सर्कलको सुरुवात गरे। 

उनले साइवर सर्कल राष्ट्रिय हितका पक्षमा हुनुपर्ने बताए। 

कार्यक्रममा बोल्दै ओलीले माधव नेपाललाई कांग्रेसको पुच्छरको संज्ञा दिए। 'मसँग सात वर्ष अघि हारेका एक जनाले हिन्दी फिल्मको भिलेनको डाइलग बोलेछन्- अस्ति। जो हम से टकराएगा ओ चुरचुर हो जाएगा। यस्तो भनेछन्। मलाई अचम्म लाग्यो। कसरी बोल्न सकेको होलान?'

ओलीले निर्वाचनसम्म कांग्रेसले गठबन्धन नगर्ने दाबी गरे। उनले नेपालको पार्टी नेपाली कांग्रेसको पुच्छर भएको समेत बताए।

'यिनलाई छोडेर पुच्छर हल्लाएर बस्छ। कांग्रेसले फट्याक्क गर्दा कहाँ पर्छन्। कांग्रेसका पुच्छरले एमालेसँग यत्रो धाक लगाउने,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell