PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१ लाख ४७ हजार बढीले लगाए कोभिड १९ विरुद्ध खोप, थपिए ३३२ संक्रमित



पहिलोपोस्ट

१ लाख ४७ हजार बढीले लगाए कोभिड १९ विरुद्ध खोप, थपिए ३३२ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोभिड १९ परीक्षण गर्दा ३३२ जनामा संक्रमण देखिएको छ। यस्तै, २३२ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३६९ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप १ लाख ४७ हजार २६२ जनाले कोभिड १९ विरुद्ध खोप लगाएको समेत मन्त्रालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell