PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

पीएसजीमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित



पहिलोपोस्ट

पीएसजीमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूहको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले पीएसजीमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पीएसजीले खेलमा अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा फ्रेन्च फर्वाड किलियन एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। यता घरेलु टोलीका रहिम स्ट्रलिङले गाब्रियल जिससको पासमा गोल गर्दै ६३ औं मिनेटमा खेल बराबरीमा ल्याए। त्यस्तै ७६ औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा गाब्रियल जिससले गोल गर्दा सिटीले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न समूह 'ए' कै अर्को खेलमा जर्मन क्लब आरबी लाइपजिगले बेल्जियन क्लब ब्रुगीमाथि ५-० को फराकिलो जित निकाल्यो। लाइपजिगको जितमा क्रिस्टोफर नुकुनकु र इमिल फोर्सबर्गले समान २/२ गोल गर्दा आन्द्रे सिल्भाले १ गोल गरे।

गएरातिको खेलसँगै म्यानचेस्टर सिटीले ५ खेलबाट १२ अंक जोड्दै अन्तिम १६ मा स्थान सुरक्षिग गरेको छ। त्यस्तै पीसजीले ८ अंक जोडेको छ भने लाइपजिग र ब्रुगीले समान ४/४ अंक जोडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell