PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

च्याम्पियन्स लिगमा लिभरपुलको अपराजित यात्रा कायमै, पोर्टो पराजित



पहिलोपोस्ट

च्याम्पियन्स लिगमा लिभरपुलको अपराजित यात्रा कायमै, पोर्टो पराजित
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा इङ्ग्लिस क्लब लिभरलपुलले पोर्चुगिच क्लब पोर्टोमाथि जित निकालेको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले पोर्टोमाथि २-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा थिएगो एलकान्टाराले ५२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ७२ औं मिनेटमा जोर्डन हेन्डरसनको पासमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न समूह 'बी' कै अर्को खेलमा इटालियन क्लब एसी मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि १-० गोलअन्तरले जित निकाल्यो। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा घरेलु टोलीलाई हराउन मिलानका जुनियर मेसिअसले निर्णायक गोल गरे।

गएरातिको जितसँगै लिभरपुलले जारी सिजन च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायम राखेको छ। यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको लिभरपुलले ५ खेलबाट १५ अंक जोडेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको पोर्टोको ५ अंक छ भने तेस्रो र चौथो स्थानमा रहेका मिलान र एटलेटीको मड्रिडको समान ४/४ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell