PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै
फाइल फोटो: क्यान

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीलले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछन्। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो।

आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ। यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो। शीर्षस्थानमा रहँदै विश्वकप यात्रालाई जारी राख्नका लागि नेपाल बाँकी खेलमा जित्नैपर्ने दवाबमा हुनेछ।

विश्वकप छनोटका लागि नेपाल, युएई, मलेसिया, हङकङ, भुटान र कुवेत प्रतिस्पर्धामा छन्। जसमध्ये सबै टोलीले दुई खेल खेल्दा यूएई दुबै खेलमा जित निकाल्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ। त्यसबाहेक नेपाल, मलेसिया, हङकङ, भुटानले समान १ जित र १ हार ब्यहोर्दै २ अंक जोडेका छन्। तालिकाको पुछारमा रहेको कुवेतले भने दुबै खेलमा पराजय ब्यहोरेको छ।

विश्वकप क्वालिफायर्समा नेपालको खेल

२५ नोभेम्बर: नेपाल भर्सेस कुवेत

२६ नोभेम्बर: नेपाल भर्सेस मलेसिया

२८ नोभेम्बर: नेपाल भर्सेस युएई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell