PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सलमानको 'अन्तिम' फिल्मबाट बलिउडमा डेब्यु गर्दै महिमा मकवाना



पहिलोपोस्ट

सलमानको 'अन्तिम' फिल्मबाट बलिउडमा डेब्यु गर्दै महिमा मकवाना
Photo : Pink Villa

बलिउड अभिनेता सलमान खानले निर्माण गरेको फिल्म 'अन्तिमः द फाइनल ट्रुथ’ शुक्रवार (२६ नोभेम्बर)बाट विश्वभर रिलिज हुँदैछ। महेश मान्जरेकरको निर्देशन रहेको यस फिल्ममा सलमानसहित आयुष शर्मा र महिमा मकवानाको मुख्य भूमिका रहेको छ। एक्सन जनराको यो फिल्ममा सलमानका देखिने आयुष सलमानकी बहिनी अर्पिता खानको श्रीमान् हुन्।

यसअघि पनि सलमानले आयुषलाई लिएर फिल्म निर्माण गरिसकेका छन्। तर, उक्त फिल्मले बक्स अफिसमा सफलता पाउन सकेन। समिक्षकहरुबाट पनि उक्त फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेको थिएन।  भोलि रिलिज हुने फिल्म 'अन्तिम' को ट्रेलरले भने राम्रो प्रतिक्रिया पाइरहेको छ।

यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री महिमा मकवानाको पनि अहिले धेरै प्रशंसा भइरहेको छ। सानै उमेरमा टेलिश्रृंख्लामा देखिएकी उनले पहिलो फिल्मबाट धेरै आशावादी रहेको बताएकी छिन्। सलमानले पनि महिमा फिल्मको लागि पहिलो रोजाई भएको खुलासा गरेका थिए।

२२ वर्षीया महिमा मुम्बईमा जन्मेकी हुन्। मुम्बईमा नै हुर्किएकी महिमाको बाल्यकाल भने सहज भएन। पाँच महिनाको हुँदा उनले बुवा गुमाउनु परेको थियो। त्यसपछि महिमा र उनका दाईको जिम्मेवारी उनकी आमाले सम्हाल्नुपर्‍यो। घरमा आर्थिक रुपमा सघाउन पनि उनले सानै उमेरमा 'करियर' बनाउन पाइला चालेकी थिइन्।

महिमाले १० वर्षको उमेरबाट नै आफ्नो टेलिभिजनमा करियर सुरु गरेकी थिइन्। सुरुमा उनी एउटा विज्ञापनमा देखिएकी थिइन्। उनले टेलिसिरियलमा आउनु अघि ५०० पटक अडिसन् दिएकी थिइन्। ५०० पटकभन्दा बढी अडिसन दिँदा पनि छनोटमा नपर्दा कुनै समय उनलाई यो क्षेत्र आफ्नो लागि नभएको भन्ने लागेको थियो।

उनले टेलिश्रृंखला 'मोहे रंग दे' मा पहिलोपटक ब्रेक पाइन्। त्यहीँबाट उनले अभिनय यात्राको उडान भरिन्। अभिनय सुरु गरेसँगै उनले पछाडि फर्केर हेर्नु परेन।

महिमाले 'बालिका बधु', मिले जब हम तुम, सीआईडी, आहट, झाँसी की रानी, सपने सुहाने लडकपन के, दिल की बाते दिल हि जाने, प्यार तुने क्या किया र रिश्तोंका चक्रव्युह जस्ता टेलिसिरियलमा अभिनय गरिसकेकी छिन्।

महिमाले तेलुगु फिल्ममा समेत काम गरिसकेकी छिन्। सन् २०१७ मा उनले फिल्म 'वेकटपुरम' बाट फिल्म करियर सुरु गरेकी हुन्। फिल्म 'मोसागल्लु' मा पनि उनले अभिनय गरिन्। उनी ‘बिग बोस’ को १३ औं र १४ औं सिजनमा पनि देखिएकी थिइन्।

केही सर्ट फिल्म, वेब सिरिज र म्युजिक भिडियोमा पनि काम उनी गत वर्ष ‘फ्लेश’ वेब सिरिजमा देखिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell