PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रकले ठक्कर दिँदा कैलालीमा एक महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्गमा प्रदर्शन



पहिलोपोस्ट

ट्रकले ठक्कर दिँदा कैलालीमा एक महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्गमा प्रदर्शन

कैलाली : कैलालीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो।

मृतक महिलाको पहिचान खुल्न सकेको छैन।

दुर्घटना पछी स्थानीयले पुर्व-पश्चिम राजमार्गको लम्की सडक खण्ड अवरुद्ध पारेका छन। सडक अवरुद्ध भएपछि सवारीसाधन र त्यसमा सवार  यात्रुहरु अलपत्र परेका छन्। घटनापछि ट्रकलाई स्थानीयले तोडफोड गर्दै आगो लगाएका छन्।

भिड नियन्त्रण गर्न प्रहरीले केही राउन्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell