PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'प्रेमगीत ३' फागुन १३ गते रिलिज हुने



पहिलोपोस्ट

'प्रेमगीत ३' फागुन १३ गते रिलिज हुने

बहुप्रतिक्षित फिल्म 'प्रेमगीत ३' ले प्रदर्शन मिति तय गरेको छ। आगामी फागुन १३ गते फिल्म रिलिज हुने पक्का भएको हो।

यो फिल्म २०७६ चैत्र २८ गते रिलिज हुने भनिएको थियो। तर, कोरोना भाइरस महामारीका कारण फिल्म रिलिज हुन सकेको थिएन। फिल्म रिलिजको नयाँ मितिबारे निर्माता तथा निर्देशक सन्तोष सेनले फेसबुकमार्फत जानकारी दिएका हुन्। ठुलो चुनौति मोलेर फिल्म रिलिज गर्ने हिम्मत गरेको उनले उल्लेख गरेका छन्।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्मलाई हिन्दी भाषामा समेत डबिङ गरिएको छ। साथै चार करोड भारतीय रुपैयाँमा फिल्मको प्रदर्शन राइटस् भारतीय कम्पनीलाई समेत बेचिसकेको निर्माण टिमले जनाएको छ।

यस फिल्ममा अभिनेता प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।

यसअघि ‘प्रेमगीत’ का दुई सिरिजलाई पनि दर्शकले निकै रुचाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell