PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सहमतिमा नै नेतृत्व चयन हुनुपर्ने भन्दै बादलले भने : उम्मेदवारीबारे टुंगो लागेको छैन



पहिलोपोस्ट

सहमतिमा नै नेतृत्व चयन हुनुपर्ने भन्दै बादलले भने : उम्मेदवारीबारे टुंगो लागेको छैन

काठमाडौं : नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताएका छन्।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउँदै भने, '१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ। यो सम्भव छ।'

थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताए। उनले आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषय टुंगो नलागेको समेत बताए। भने, 'मेरो उम्मेदवारी के मा भन्ने टुंगो लागेको छैन। छलफलबाट निश्कर्ष निकाल्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell