PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

हरर फिल्म ‘कठपुतली’ पुस १५ मा प्रदर्शन हुने



पहिलोपोस्ट

हरर फिल्म ‘कठपुतली’ पुस १५ मा प्रदर्शन हुने

काठमाडौं: हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ ले प्रदर्शन मिति घोषणा गरेको छ। पुस १५ गते (डिसेम्बर ३०) को अवसरमा यो फिल्म प्रदर्शन हुने पक्का भएको छ।

यस फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको थियो।

भिमसेन लामाको निर्देशन रहेको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्। फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको बताइएको छ।

‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा एकदमै भिन्न रहेको निर्देशक भिमसेन लामाको दाबी छ। उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell