PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काठमाडौंमा हुँदै 'राजा कुमारी’ को कन्सर्ट



पहिलोपोस्ट

काठमाडौंमा हुँदै 'राजा कुमारी’ को कन्सर्ट

काठमाडौं : नेपालमा आगामी डिसेम्बर ४ मा ‘द राजा कुमारी’ को कन्सर्ट आयोजना हुने भएको छ। काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्‍यापर ‘द राजा कुमारी’को कन्सर्ट आयोजना हुने लागेको हो।

राजा कुमारीले अमेरिकामा विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी छिन्। ग्रामी अवार्डमा समेत छनोटमा परिसकेकी उनी ३ डिसेम्बरमा दिल्ली हुँदै नेपाल आउनेछिन्। उनलाई त्रिभुवन विमानस्थलमा समेत भव्य स्वागत गरिने आयोजकले जनाएको छ।

राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोना महामारीबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने क्लब फरेनहाइटको विश्वास छ।

कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन्। नेपालमा राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठको जानकारी दिए।

क्लब फरेनहाइटले यसअघि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोजना गरिसकेको छ। कन्सर्टमा आदित्य नारायण झा, टोनी कक्कड जस्ता गायकहरुले प्रस्तुति दिइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell