PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

फाइजर खोप किन्न सरकारले जारी गर्‍यो बाधा अड्काउ फुकाउ आदेश, ६० लाख डोज किन्न खरिद ऐन थियो बाधक



पहिलोपोस्ट

फाइजर खोप किन्न सरकारले जारी गर्‍यो बाधा अड्काउ फुकाउ आदेश, ६० लाख डोज किन्न खरिद ऐन थियो बाधक

काठमाडौं : सरकारले खोप खरीद गर्न सार्वजनिक खरिद ऐन बाधक बनेपछि बाधा अड्काउ फुकाउ आदेश जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अमेरिकी खोप निर्माता कम्पनी फाइजरसँग सोझै ६० लाख ९०० डोज खोप खरिद गर्न ऐनको प्रावधान अनुकुल नभएपछि आदेश जारी गरेको जनाएको छ।

सम्बन्धित खोप निर्माता कम्पनीले कार्य सम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी भएमा मात्रै खोप आपूर्ति गर्ने शर्त तेर्स्याएपछि सरकारले बाधा अड्काउ फुकाउ आदेश जारी गरेको हो। उक्त शर्तअनुसार ऐनमा कार्य सम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी गरी खरिद गर्ने प्रावधान नभएकाले स्वास्थ्य सेवा विभागले एकपटकका लागि फाइजर खोप किन्न लागेको व्यहोरासहित राजपत्र प्रकाशित गरेको छ।

उत्पादक कम्पनीसँग वार्ता गरी विभागले खोपको मूल्यमा कार्य सम्पादन र पेश्की जमानत विना अग्रिम भुक्तानी गर्ने आवश्यक रकम नेपाल राष्ट्र बैंकबाट उपलब्ध गराउने जनाएको छ।       

नेपालले कोभ्याक्स सुविधामार्फत् कात्तिक दोस्रो साता एक लाख ६२० डोज फाइजर खोप पाएको थियो। यो खोप सरकारले १२ देखि १८ वर्षका बालबालिका र दीर्घ रोगीलाई लगाउन सुरु गरिसकेको छ। कोभिड १९ विरुद्धको सहयोग स्वरुप अमेरिकाले खोप उपलब्ध गराएको थियो।

पहिलो डोज लगाएकालाई दोस्रो डोज आवश्यक पर्ने भएकाले सरकारले खोप खरिद गर्न खोजेको हो। पहिलो डोज लगाएको २१ देखि २८ दिनमा दोस्रो डोज लगाउनुपर्ने हुन्छ। सरकारले एक महिनाभित्र फाइजर खोप खरीद गर्ने योजना बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell