PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एमाले महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश सुनाइने, नेताका गाडीमा अनिवार्य सूर्य चिह्न र झन्डा



प्रकाश भण्डारी

एमाले महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश सुनाइने, नेताका गाडीमा अनिवार्य सूर्य चिह्न र झन्डा

चितवन : नेकपा (एमाले) को दशौँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। एमालेले राष्ट्रिय राजनीतिक सबै दलहरुलाई महाधिवेशनमा निम्ता गरिसकेको छ। तर, एमालेबाट हालै विभाजन भएर गठित नेकपा (एकीकृत समाजवादी) लाई भने निम्तो दिइएको छैन।

चितवनमा महाधिवेशन तयारीबारेको पत्रकार सम्मेलनमा प्रचर विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने बताए।

महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ।

भट्टराईका अनुसार महाधिवेशनका लागि ५० भन्दा बढी स्वागत द्वार बनेका छन्। २२ सय प्रतिनिधिका लागि सौरहामा हल निर्माण भएको छ।

उनले महाधिवेशनलगतै एमालेले चुनावको तयारी गर्ने बताए। महाधिवेशन सहमति र एकताको हुने उनको भनाइ थियो।

महाधिवेशनमा भारत, बंगलादेश, कम्बोडियालगयातका देशका नेता भाग लिनेछन्। चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश सुनाइने भट्टराईले जानकारी दिए।

महाधिवेशनमा ११ गते साँझ ६ बजेसम्म उम्मेद्वारी दर्ता हुनेछ। १२ गते ८ बजेबाट मतदान हुनेछ। १०० भोटिङ मेसिन मध्ये ९० वटामा मतदान हुने उनले जनाए। मंसिर १३ गते निर्वाचनको मत परिणाम घोषणा हुनेछ।

महाधिवेशनको अवधिमा सम्पूर्ण सवारी साधन रोक्ने चर्चा गलत भएको भट्टराईको भनाइ थियो। साथै उनले मालबाहक सवारी राजमार्गमा नल्याउन अनुरोध पनि गरेका छन्।

यस्तै, महाधिवेशनमा नेता तथा कार्यकर्ताले प्रयोग गर्ने गाडीमा अनिवार्य रुपमा सूर्य चिह्न अंकित झन्डा राख्नुपर्ने भट्टराईले बताए।

भट्टराईले महाधिवेशनका लागि कसैसँग पनि चन्दा नमागेको पनि प्रष्ट पारेका छन्। उनले साढे ७ करोड रुपैयाँ महाधिवेशनमा खर्च हुने बताए। उनले खर्चको कारण खुलाउँदै भने, 'यो उत्सवको माहोल हो। मलामी हो र?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell