PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'पिङ-पङ डिप्लोमेसी २.०' : चीन-अमेरिका कुटनीतिक टकरावका बिच एउटै टिमबाट टेबल टेनिस खेल्दै दुई देशका खेलाडी



पहिलोपोस्ट

'पिङ-पङ डिप्लोमेसी २.०' : चीन-अमेरिका कुटनीतिक टकरावका बिच एउटै टिमबाट टेबल टेनिस खेल्दै दुई देशका खेलाडी
अन्तर्राष्ट्रिय टेबल टेनिस च्याम्पियनसीप अन्तर्गत मिक्स्ड डबल राउन्ड ६४ मा रुसी खेलाडी विरुद्धको प्रतिस्पर्धाका क्रममा चिनियाँ खेलाडी वाङ मानयु र अमेरिकी खेलाडी कनक झा। फोटो : सिन्ह्वा

एकातिर अमेरिकाले कुटनीतिक रुपमा चीनमाथि दवाव कायम गर्दैछ - ताइवानको मामिलामा दैनिक जसो दुई देशका अधिकारी बिच वाकयुद्धमार्फत्। अर्कातिर दुई देश 'पिङ-पङ डिप्लोमेसी'को ५० औं वर्षगाँठ मनाइरहेका छन्। सन् १९७१ मा दुई देश बिचको तनाव कम गर्नका लागि दुवै देशका टेवलटेनिस खेलाडीहरुले महत्त्वपूर्ण भूमिका खेलेका थिए। 

विश्वविजेता चुआङ जेदोङ र अमेरिकी प्याडलर ग्लेन काउनबिच सन् १९७१ को अप्रिलमा जापानको नागोयामा टेनिस प्रतिस्पर्धा भएको थियो। 

३१औँ वर्ल्ड च्याम्पियनसीप नागोया जापानमा तालिमका दौरान काउन चिनियाँ टोलीका सदस्यसँग एउटै बसमा भेट भए। त्यतिबेला चीन र अमेरिकाबिच शीतयुद्धको अवस्था थियो गल्फ (खाडी राष्ट्र) लाई लिएर। सहकर्मीहरूलाई छाडेर चुआङ काउनसँग भेटका लागि आफू बसेको स्थानबाट उठे। विश्व विजेता चुआङले काउनसँग कुराकानी गरे र उनलाई उपहारस्वरूप चित्र यवनिका (चित्र कुदिएको चम्किलो कपडा) दिए।

यी दुईबिच बसमा हात मिलाएको दृश्य पत्रकारहरूले कैद गरेका थिए। साथै यी तस्बिरहरूले स्थानीय पत्रिकाहरूमा हेडलाइनका रूपमा स्थापित भए।

त्यतिबेला उनले अमेरिकी टोलीलाई चीन भ्रमणको निम्तो समेत दिएका थिए। त्यसको अर्को वर्ष चिनियाँ प्रतिनिधि टोलीको निमन्त्रणमा अमेरिकी टेबल टेनिस टिमलाई लिएर आएको विमान बेइजिङको विमानस्थलमा १० अप्रिल १९७१ मा अवतरण गरेको थियो। 

यो टोली नै सन् १९४९ मा जनगणतन्त्र चीन स्थापनापछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी टोली थियो। अमेरिकी टोलीले चिनियाँ समकक्षीसँग बेइजिङ र साङहाईमा प्रदर्शनी खेल खेले।

त्यसको अर्को वर्ष चिनियाँ टोलीले अमेरिकाको भ्रमण गर्‍यो। यो आपसी भ्रमणले चीन-अमेरिका बिच रहेको दुई दशक लामो संवादहीनतामा आइसब्रेकको काम गर्‍यो। र, यही भ्रमणले दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई सामान्यीकरण तर्फ डोहोर्‍यायो।

अहिले दुवै देश यही घटनाको स्वर्ण महोत्सव मनाइरहेका छन्। 

दुई देशले पिङ-पङ डिप्लोमेसीको स्वर्ण महोत्सव मनाउँदै गर्दा अहिले दुई देशबिच कुटनीतिक टकराव भने जारी छ। नोभेम्बर २३ देखि २९ सम्म अमेरिकाको होस्टनमा वर्ल्ड टेवल टेनिस च्याम्पियनसीप चल्दैछ। 

यस प्रतियोगितामा अमेरिका र चीनका खेलाडीहरु एउटै टिमबाट खेल्दै छन्। अहिले यसलाई 'पिङ-पङ डिप्लोमेसी २.०'को रुपमा हेरिएको छ। 

अन्तर्राष्ट्रिय टेबल टेनिस फेडेरेशनले अगस्ट २३ मा अमेरिका र चीनका खेलाडीहरु डबल मिक्सअपमा खेल्ने घोषणा गरेका थिए। 

च्याम्पियनसीपका लागि चिनियाँ टेबल टेनिस खेलाडी र कोचको टोली दुई साता अगाडि अमेरिका पुगेर अमेरिकी टोलीसँग अभ्यास गरेको थियो। चिनियाँ तथा अमेरिकी खेलाडीहरुले लस एन्जलसस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा अभ्यास गरेका थिए। अमेरिकी टोलीमा लिली झाङ, वु यु, यमी वाङ, निखिल कुमार, कनक झा र निकोलास तियायो सहभागी थिए। 

'टेबल टेनिसले चीन-अमेरिकाबिच कुटनीतिक सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलको थियो। हामीले यो अभ्यास खेल मार्फत् दुई देशबिचको सम्बन्धलाई माथि उठ्ने अपेक्षा गरेका छौँ,' अभ्यास खेलका क्रममा चिनियाँ खेलाडी ब्रुस लियुले भनेका थिए। 

उनले अर्को वर्ष छन्दुमा हुने च्याम्पियनसीपका क्रममा पनि संयुक्त अभ्यास क्याम आयोजना गर्न चाहेको बताएका थिए। 

जाजरी च्याम्पियनसिपमा चीनका लिन काओयुआन र वाङ मानयुले अेमरिकी खेलाडीहरु लिली झाङ र कनक झासँग टिम अप गर्ने छन्।

चीन र अमेरिकाका टेबल टेनिस एसोसिएसनले संयुक्त रुपमा आईटीटीएफलाई चीन र अमेरिकी खेलाडीको टोलीलाई स्वीकृत गर्न पत्राचार गरेका थिए। 

मिक्स्ड डवल राउन ६४ अन्तर्गतको खेलका क्रममा पोर्चुगिज खेलाडी विरुद्ध चीनका लिन र अमेरिकाकी लिली। फोटो: सिन्ह्वा। 


त्यस अगाडि होस्टनमा उनीहरु डिनरमा सहभागी भए। सो डिनरमा चिनियाँ दूतावासका प्रतिनिधि, होस्टनका मेयर सिल्भेसटर टुनरका साथै पूर्व राष्ट्रपतिहरु रिचर्ड निक्सनका नाति क्रिस्टोफर निक्सन कक्स र जर्जबुसका छोरा नील बुस पनि सहभागी भएका थिए। 

दुई देशका टेबल टेनिस एसोसिएसनले आग्रह गरेपछि आईटीटीएफले सुरुवातलाई स्वागत गर्दै अनुमति प्रदान गरेको थियो। 

आईटीटीएफले यो निर्णयलाई पिङ-पङ डिप्लोमेसीको नयाँ अध्यायको रुपमा व्याख्या गरेको छ। 

यता मंगलवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियन चाओले पिङ-पङ डिप्लोमेसीको नविकरणले टेबल टेनिस प्रेमीहरुका लागि हर्षको क्षण भएको प्रतिक्रिया दिएका थिए। 

उनले पिङ-पङ डिप्लोमेसी २.० अमेरिकामा केहीका लागि एउटा 'गुड रिमाइन्डर' भएको प्रतिक्रिया दिएका थिए। उनले शितयुद्धकालीन मानसिकतालाई अहिलेको चीन अमेरिका सम्बन्धमा हावी हुन दिन नहुने र वैचारिक सिद्धान्तको रेखा खिचेर वा विरोधी समूहलाई विभाजन गर्ने पुरानो रणनीति खेल्न नसक्ने समेत बताए। 

उनले अमेरिकी पक्षलाई यी शब्दको सम्मान गर्न समेत सुझाब दिएका थिए। 

यसैबिच चीन-अमेरिकी खेलाडीहरु दुवै मिक्स्ड टोली अघिल्लो चरणमा प्रवेश गरेको छ। प्रतियोगिताको पहिलो खेलमा लिन काओयुआन र लिली झाङको टोलीले पोर्चुगलका खेलाडीलाई ३-० को सोझो सेटमा जित हात पारेका छन् भने कनक झा र वाङ मानयुको टोलीले रसियन टेबल टेनिस टोलीलाई ३-० को सेटमा पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell