PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

शहरका एक्ला हुलाकी, १५ वर्ष देखि नियाल्दै छन् फेरिएको गाउँलेका जीवन

शहरका एक्ला हुलाकी, १५ वर्ष देखि नियाल्दै छन् फेरिएको गाउँलेका जीवन

पहिलोपोस्ट /पहिलोपोस्ट


लाइ माओसङ ५७ वर्षका भए। उनी पूर्वी चीनको चियाङसी प्रान्तको फुचौ शहरको चाओछियान क्षेत्रका एक्ला हुलाकी हुन्।

यो १५ वर्ष उनी हरेक गल्ली गल्ली पुगेका छन्। नयाँ हुन् वा पुराना, हरेक सडक र गल्लीमा पुगेका उनले १५ वर्षदेखि पत्रपत्रिका, पार्सल तथा पत्रहरु पुर्‍याइरहेका छन्। २५ हजार जनसंख्या रहेको यस क्षेत्रमा १४ वटा फरक फरक गाउँ पर्छन्। यी सबै गाउँ उनी पुगेका छन्। 

सुरुसुरुमा दैनिक केही पार्सल पुर्‍याउने उनी अहिले दैनिक ८० देखि ९० पार्सल सम्बन्धित धनीकहाँ पुर्‍याउँदै आएका छन्। 

यसरी पार्सल पुर्‍याउने लोड बढे पनि उनी भने खुशी देखिन्छन्। गाउँका स्थानीयको जीवनस्तर उकासिएको नजिकबाट नियालिरहेका हुन्छन्। उनले डेलिभरी गर्ने पार्सलले पनि गाउँलेको जीवनस्तर सुधारिएको झल्काउँछ। 



ट्रेन्डिङ पोस्ट

Ncell