PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एकैदिन १ लाख ७७ हजार बढीले लगाए खोप, थपिए ३०८ संक्रमित



पहिलोपोस्ट

एकैदिन १ लाख ७७ हजार बढीले लगाए खोप, थपिए ३०८ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार भन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एकैदिन १ लाख ७७ हजार ८८४ जनाले खोप लगाएका हुन्।

यस्तै, ८ हजार ९०९ जनाको परीक्षण गर्दा ३०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २९८ जना संक्रमणमुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ पुगेको छ।

संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणका कारण ११ हजार ५१६ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell