PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

महिला हिंसाविरुद्ध पद्मकन्याका विद्यार्थीद्वारा शनिबार साइकल र्‍यालीको आयोजना



पहिलोपोस्ट

महिला हिंसाविरुद्ध पद्मकन्याका विद्यार्थीद्वारा शनिबार साइकल र्‍यालीको आयोजना

काठमाडौं : पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले महिला हिंसाविरुद्ध साइकल र्‍याली आयोजना गर्ने भएका छन्। मंसिर ११ गते शनिबार कलेजको ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट संकायका विद्यार्थीले महिला हिंसाविरुद्ध साइकल र्‍याली आयोजना गर्न लागेका हुन्।

३ सय जनाभन्दा बढीको सहभागी हुने आयोजकले जनाएको छ।

क्याम्पसको प्राङ्गणबाट सुरु हुने र्‍याली कमलादी, त्रिचन्द्र, रत्नपार्क, माइतीघर, नयाँ बानेश्वर, शंखमुल, मंगलबजार, पुलचोक, थापाथली, त्रिपुरेश्वर, बसन्तपुर, न्यूरोड, जमल हुँदै पुन: पद्मकन्या क्याम्पसनै पुगेर टुंगिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell