PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

उद्घाटन अघि नै ढल्यो एमाले महाधिवेशनको स्वागतद्वार



पहिलोपोस्ट

उद्घाटन अघि नै ढल्यो एमाले महाधिवेशनको स्वागतद्वार

चितवनः औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा (एमाले) को महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भत्किएको छ। सौराहको हातीचोकमा बनाइएको सहायक स्वागतद्वार भत्किएको हो। 

एमाले महाधिवेशनका लागि चितवनमा मुख्य र सहायक गरी ४५ गेट बनाइएका छन्। जसमध्ये एक स्वागतद्वार भत्किएको हो। 

एमाले महाधिवेशन शुक्रबार औपचारिक रुपमा उद्घाटन हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु चितवन पुगिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell