काठमाडौंः सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
मोरङ क्षेत्र नम्वर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा लज्जास्पद रुपमा पराजित भएका छन्। उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन्। कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन्।
बिहीबार बिहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २०औँ नम्बरमा पुगेर पराजित भएका हुन्।