PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

ए डिभिजन लिगमा दोस्रो चरणको खेल सुरु हुँदै, आज दुई खेल



पहिलोपोस्ट

ए डिभिजन लिगमा दोस्रो चरणको खेल सुरु हुँदै, आज दुई खेल
ए डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लबका खेलाडी प्रतिस्पर्धा गर्दै। फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ए डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युथ क्लब र लिगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको थ्री स्टार क्लब आमनेसामने हुँदैछन्।

आफ्नो पहिलो खेलमा सातदोबाटो युथ क्लब फ्रेन्डस् क्लबसँग गोलरहित बराबरी खेलेको थियो। 'पहिलो म्याचमा हामीले खेल्दा ५/६ वटा अवसर बनाएर पनि गोल गर्न सकेनौं। त्यसलाई सुधार्ने कोशिष गरेका छौं।' सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने।

त्यस्तै थ्री स्टारले यसअघिको खेलमा च्यासल युथ क्लबविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३-० जित निकालेको थियो।

'पहिलो म्याच स्ट्राइकिङमा भएको गल्ती सुधार्ने छौं। त्यसको लागि तयारी गरेका छौं। गेमअनुसार सेटिस्फाइ छैन। त्यसमा राम्ररी काम गरेका छौं।' थ्री स्टारका प्रशिक्षक उर्जेन श्रेष्ठले भने।

खेल दिउँसो १ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब पौने ५ बजे आमनेसामने हुँदैछन्।

संकटा क्लबले आफ्नो पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो भने फ्रेन्ड्स क्लब हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको थियो।

'टिमहरु पहिलो राउण्डमा राम्रै देखिए। राम्रो प्लेयरले रेड कार्ड खाँदा बाहिर बस्नु परेको छ। अस्ति स्कोर निकाल्न सकेनौ। अस्ति पनि अवसर थियो। सँधै ब्याडलक त नहोला,' फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले भने, 'जित्नकै लागि उत्रने। लिगमा ड्र खेलेर फाइदा हुँदैन। ३ ड्र बराबर १ विन हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell