PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

एमाले महाधिवेशनमा सादा पोशाकका प्रहरीसहित २२ सय सुरक्षाकर्मी खटाइँदै, ट्राफिक व्यवस्थापन चुनौती



निशा गुरुङ

एमाले महाधिवेशनमा सादा पोशाकका प्रहरीसहित २२ सय सुरक्षाकर्मी खटाइँदै, ट्राफिक व्यवस्थापन चुनौती

चितवन : नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटनको दिन शुक्रवार चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ।

महाधिवेशनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायहरुले रणनीति बनाएर लागू गरेका हुन्। त्यसका लागि शुक्रवार २२ सय सुरक्षाकर्मी खटाइएको चितवन प्रहरीले जनाएको छ। '१५ सय नेपाल प्रहरी, ५ सय सशस्त्र प्रहरी र बाँकी सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ,' चितवन प्रहरी प्रमुख ओम अधिकारीले भने।

चितवनमा शुक्रवार ट्राफिक व्यवस्थापन भने चुनौतीपूर्ण बन्ने प्रहरीको भनाइ छ। नारायणी किनारमा उद्घाटनस्थल र नजिकै राजमार्ग भएकाले ट्राफिक व्यवस्थापन चुनौती हुने अधिकारीले बताए। उनले बिहानै ठुला सवारी साधनलाई गन्तव्यतर्फ जान अनुरोध गरे।

एमालेले भने आफ्ना नेता कार्यकर्तालाई गाडीमा पार्टिको झण्डा राखेर यात्रा गर्न निर्देशन दिएको छ। प्रचार विभाग प्रमुख योगेश भट्टराईले सार्वजनिक यातायातलाई नरोकिने बताए। उनले मालवाहक सवारी साधनलाई भने भोलि नचलाइदिन अनुरोध गरिएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell