PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थ्री स्टार भर्सेस सातदोबाटो, 'त्यति साह्रो थ्री स्टार भन्नुपर्ने स्थिति छ जस्तो मलाई लाग्दैन': मेघराज केसी



पहिलोपोस्ट

थ्री स्टार भर्सेस सातदोबाटो, 'त्यति साह्रो थ्री स्टार भन्नुपर्ने स्थिति छ जस्तो मलाई लाग्दैन': मेघराज केसी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगको आज हुने पहिलो खेलमा थ्री स्टार क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुँदैछन्। अघिल्लो सिजन थ्री स्टारको प्रशिक्षण सम्हालेका मेघराज केसी अहिले नवप्रवेशी सातदोबाटोको प्रशिक्षक छन्। प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटो आफ्नो दोस्रो खेलमा थ्री स्टार क्लबसँग खेल्दैछ। पहिलो खेलमा च्यासल युथ क्लबमाथि ३-० को सानदार जित निकालेको थ्री स्टार पनि सातदोबाटोलाई हराउँदै लिग उपाधि यात्रा सहज बनाउने होडमा छ। यस्तोमा केसी आफ्नो पूर्व क्लबविरुद्ध कस्तो रणनीति बनाउलान् आजको खेलमा देखिनेछ।

'पूर्व क्लब, ८/९ वटा क्लब भइसक्यो। म अपोनेन्टलाई अपोनेन्टका रुपमा हेर्छु। थ्री स्टारको गेमको हिसाबले राम्रो देखिएको छ,' सातदोबाटोका प्रशिक्षक केसीले भने, 'पहिलो म्याचमा हामीले खेल्दा ५/६ वटा अवसर बनाएर पनि गोल गर्न सकेनौं। त्यसलाई सुधार्ने कोशिष गरेका छौं।'

उनी थ्रीस्टारको खेलको अध्ययन गरेको भन्दै त्यही अनुसारको रणनीति बनाउने बताए।

'नेपालमा भएको खेलाडीमा उच्च स्कोरर छ। स्टडी गरेका छौं। तीनवटै स्कोर डिफेन्डरले गरेको र डेड बललाई प्रयोग गरेका छौं। त्यसलाई नदोहोर्‍याउन प्रयास गर्नेछौं' प्रशिक्षक केसीले भने।

त्यस्तै सातदोबाटोलाई अर्को चिन्ता थपिएको छ चोटको। विदेशी खेलाडी सिफामान्ड्ला माथेन्ज्वा खेलको २४ औं मिनेटमै चोटका कारण मैदानबाट बाहिरिएका थिए।

'सिरियस इन्ज्युरी भएर अपरेसन गरेर देश फर्कनु पर्ने अवस्था छ। उसले गेम पनि देखाउन पाएन। नी को सेकेन्ड स्टेजको भएर सर्जरी गर्न पर्छ। कम्तीमा ३ महिना ग्राउण्ड टेक्न गार्हो छ,' प्रशिक्षक केसीले भने, 'रिक्वेस्ट पनि के छ भने विदेशी खेलाडीको सब्सिच्युडको पनि व्यवस्था गरिदियो भने राम्रो हुन्थ्यो। नेपालमा त्यो देखिँदैन।'

आजहुने थ्री स्टार विरुद्धको खेललाई लिएर केसीले भने: त्यतिसाह्रो थ्री स्टार भन्नुपर्ने स्थिति छ जस्तो चाहीँ मलाइ लाग्दैन।

उता थ्री स्टारका प्रशिक्षक उर्जेन श्रेष्ठले पहिलो खेलमा गरेका गल्तीहरुलाई सुधार्ने बताए।

'पहिलो म्याच स्ट्राइकिङमा भएको गल्ती सुधार्ने छौं। त्यसको लागि तयारी गरेका छौं।पहिलो गेमअनुसार सेटिस्फाइ छैन,' उनले भने, 'त्यसमा राम्ररी काम गरेका छौं। हेरौं भोली के हुन्छ। सबै अपोनेन्ट राम्रो छ। कुनै म्याच सजिलो छैन। सबै टीम राम्रै छ। कुनै टीमसँग सजिलो हुनेवाला छैन। हामी आफ्नो गेम खेल्छौं।'

थ्री स्टार र सातदोबाटो आज दिउँसो १ बजे आमेनसामने हुँदैछ। त्यस्तै आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब पौने ५ बजे प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell