PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालले आज मलेसियाको सामना गर्दै



पहिलोपोस्ट

नेपालले आज मलेसियाको सामना गर्दै
फाइल फोटो: क्यान

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले आज मलेसियाको सामना गर्दैछ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो चौथो खेलमा नेपाली टोलीले आज मलेशियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ। यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो भने तेस्रो खेलमा कुवेतमाथि फराकिलो जित निकालेको थियो। शीर्षस्थानमा रहँदै विश्वकप यात्रालाई जारी राख्नका लागि नेपाल बाँकी खेलमा जित्नैपर्ने दवाबमा हुनेछ।

विश्वकप छनोटका लागि नेपाल, युएई, मलेसिया, हङकङ, भुटान र कुवेत प्रतिस्पर्धामा छन्। जसमध्ये सबै टोलीले तीन खेल खेल्दा यूएई तीनवटै खेलमा जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ। त्यसबाहेक नेपाल र हङकङले दुई खेलमा जित र १ खेलमा पराजय ब्यहोर्दै दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै समान २ हार र १ जित निकालेका मलेशिया र भुटान चौथो र पाँचौं स्थानमा रहँदा जितविहीन कुवेत तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell