PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एमाले महाधिवेशनको उद्घाटन हुँदै, 'हुस्सु'मा पनि सौराहा किनार हेर्न कार्यकर्ताको भीड



पहिलोपोस्ट

एमाले महाधिवेशनको उद्घाटन हुँदै, 'हुस्सु'मा पनि सौराहा किनार हेर्न कार्यकर्ताको भीड

चितवन: नेकपा (एमाले) को १०औं महाधिवेशन उद्घाटन आज हुँदैछ। एमालेका नेता कार्यकर्ता सौराहामा छन्। यतिबेला सौराहा र महाधिवेशन स्थल नारायणगढमा बाक्लो हुस्सु लागेको छ। हुस्सुका बीच नेता कार्यकर्ताहरु सौराहा किनार पुगेका छन्।

उद्घाटनका लागि सबै तयारी पूरा भएको र पाँच लाखभन्दा बढी जनसहभागिता हुने  एमालेले जनाएको छ। महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन्।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारा एमालेले अघि सारेको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्व चयनको बन्दसत्र सौराहामा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell