चितवनः नेकपा (एमाले) को दशौँ महाधिवेशन आज उद्घाटन हुँदैछ। नारायणी किनारमा महाधिवेशन उद्घाटन हुनेछ। एमालेका नेता कार्यकर्ताहरु भने अधिकांश सौराहामा बसेका छन्। सौराहाबाट महाधिवेशनस्थल प्रस्थानका क्रममा ट्राफिक व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ। जामका कारण स्कुल बसहरु समेत समस्यामा परेका छन्।
ट्राफिक व्यवस्थापन समस्या हुने आकलन गरेर यसअघि नै ठूला सवारी साधनलाई बिहानै गन्तव्यतर्फ जान अनुरोध प्रहरीले गरिसकेको छ।
महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि २२ सय सुरक्षाकर्मी खटाइएको चितवन प्रहरीले जनाएको छ। जसमा १५ सय नेपाल प्रहरी, ५ सय सशस्त्र प्रहरी र बाँकी सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ।