PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एमाले महाधिवेशन : सडक बन्द हुँदा हिँडेरै गन्तव्यतिर सर्वसाधारण

एमाले महाधिवेशन : सडक बन्द हुँदा हिँडेरै गन्तव्यतिर सर्वसाधारण

प्रवीण रानाभाट/पहिलोपोस्ट


चितवन : चितवनको नारायणी नदी किनारमा आज नेकपा एमालेको १० ‍औं महाधिवेशन सुरु हुँदैछ। दिउँसो हुने उद्घाटन सत्रका लागि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ। शहरको मुख्य चोकहरुमा प्रहरी र सशस्त्र प्रहरीहरु तैनाथ गरिएका छन्।

 

महाधिवेशनलाई लक्षित गर्दै विभिन्न स्थानमा सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ। प्रशासनले अत्यावश्यकबाहेकका सवारी साधनलाई महाधिवेशनस्थल आसपास संचालनमा रोक लगाएको हो। जसकारण बिहानैदेखि सहायक सडकहरुमा सवारी साधनको 'मुभमेन्ट' बढेको छ।

सवारीसाधन संचालन हुँदा यात्रुहरु हिँडेरै गन्तव्यतिर लागिरहेका छन्। जसकारण शहरबजारमा मानिसहरुको उल्लेख्य भिड देखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell