PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

एमाले महाधिवेशनमा टोपीको व्यापार

एमाले महाधिवेशनमा टोपीको व्यापार

निशा गुरुङ/पहिलोपोस्ट


चितवन : आज मध्यान्ह १२ बजे नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनको नारायणी किनारमा उद्घाटन हुँदै छ। उद्घाटनका लागि भनेर एमालेले देशभरका कार्यकर्ताहरुलाई चितवन ओसारेको छ। 

अहिले उद्घाटनका लागि आएका कार्यकर्ताहरु नारायणगढका गल्ली गल्लीमा देखिन्छन्। सडकमा यातायात गुडेका छैनन्। मुख्य सडकमा कार्यकर्ताहरु र्‍याली सुरु हुनु अगावै बाक्लो रुपमा उपस्थित छन्। 

एकातिर कार्यकर्ताहरुको सडकमा बाक्लो उपस्थिति छ। अर्कोतिर एमालेकै कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुन आउनेहरुलाई 'टोपी' बिक्री गरिरहेका छन्। 

एमालेको १० औं महाधिवेशन अंकित क्याप कार्यकर्ताहरुलाई सडकका किनारमा बसेर २०० रुपैयाँमा बिक्री गरिएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell