PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

नारायणी नदीमा मोटर बोटबाट सफर गरेर कार्यक्रमस्थल पुग्ने ओली र देउवाको योजना रद्द



पहिलोपोस्ट

नारायणी नदीमा मोटर बोटबाट सफर गरेर कार्यक्रमस्थल पुग्ने ओली र देउवाको योजना रद्द

चितवन : चितवनको नारायणी नदी किनारमा आज नेकपा एमालेको १० ‍औं महाधिवेशन सुरु हुँदैछ। भिभिआइपी मुभमेन्टलाई मध्यनजर गर्दै अहिले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली बिहीवार नै चितवन पुगिसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवापनि हेलिकप्टरबाट चितवन पुगिसकेका छन्।

दिउँसो हुने उद्घाटन सत्रमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई नारायणी नदी पारिबाट 'मोटर बोट'मा राखेर कार्यक्रमस्थल ल्याउने तयारी भएको थियो। जसका लागि 'मोटर बोट'लाई तयारी अवस्थामा राखिएको थियो भने नदी किनारदेखि स्टेजसम्म रातो कार्पेट ओछ्याइएको थियो।

देउवा र ओलीलाई मोटर बोटमा राखेर कार्यक्रमस्थल पुर्‍याउने कार्यक्रम गोप्य राखिएको थियो। तर हाल उक्त योजना सार्वजनिक भएपछि सुरक्षाको दृष्टिकोणको रद्द गरिएको छ। नेकपा एमालेका नेता शेरबहादुर तामाङले भने, 'उहाँहरुलाई सँगै ल्याउने तयारी थियो। तर गोप्य राखिएको कुरा सार्वजनिक भएपछि सुरक्षाको दृष्टिकोणले मोटर बोटबाट ल्याउने कार्यक्रम रद्द गरिएको छ।'

एमालेले महाधिवेशन उद्घाटनमा करिब ५ लाख मानिस उतार्ने घोषणा गरेको छ। तर, हाल कार्यक्रमस्थलमा आउनेहरुको व्यवस्थापन गर्ने पक्ष कमजोर बन्दा सुरक्षा चुनौती बढेको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell