PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

नारायणी नदी किनारमा सेल्फी लिनेको भिड, दुर्घटनाको जोखिम बढेपछि सशस्त्र प्रहरी तैनाथ



निशा गुरुङ

नारायणी नदी किनारमा सेल्फी लिनेको भिड, दुर्घटनाको जोखिम बढेपछि सशस्त्र प्रहरी तैनाथ

चितवन : नेकपा एमाले महाधिवेशनमा सहभागी हुन चितवनको नारायणी नदी किनारमा महाधिवेशन प्रतिनिधिका साथै नेता, कार्यकर्ता पुग्ने क्रम जारी छ। एमालेले उद्घाटन सत्रमा ५ लाख मानिस उतार्ने बताउँदै आएको छ।

बिहानैदेखि नदी किनारमा मानिसको भिड बढेको छ। नदी किनार र पुलमा सेल्फी खिच्नेहरुको अहिले घुइँचो लागेको छ। महाधिवेशनमा आएकाहरु सँगै सर्वसाधारणहरु पनि धेरै संख्यामा नदी किनारमा पुगेर तस्विर खिचिरहेका देखिन्छन्।

मानिसको भिड बढ्दै जाँदा सुरक्षा निकायले भने सुरक्षा चुनौती बढेको भन्दै थप जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नारायणी किनारमा मानिसको भिड बढ्दा दुर्घटनाको जोखिम बढेको छ।

सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलको १५ सदस्यीय टोलीलाई तयारी अवस्थामा राखिएको छ। नदी किनारमा कुनै प्रकारको अप्रिय घटना भए तत्काल उद्दार गर्न सशस्त्र प्रहरीका सइ प्रल्हाद सिलवालको कमान्डमा सुरक्षा बल तैनाथ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell