PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

भारतीय फुटबल टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित



पहिलोपोस्ट

भारतीय फुटबल टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित
Photo: Indian Football Team

भारतीय महिला राष्ट्रिय फुटबल टोली ब्राजिलसँग पराजित भएको छ। फोरनेशन्स टुर्नामेन्ट अन्तर्गत ब्राजिलस्थित एरेना डा एमाजोनियामा सम्पन्न खेलमा भारतीय टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित भएको हो। भारतीय सिनियर राष्ट्रिय टोलीले पहिलो पटक ब्राजिलसँग खेलेको हो।

पहिलो हाफमा राम्रो प्रदर्शन गरेको भारतीय टोलीको प्रदर्शन दोस्रो हाफमा भने फितलो देखिएको थियो। खेलको पहिलो मिनेटमा नै डेबोरा ओलिभेराले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएकी थिइन्। तर ८ औं मिनेटमा भारतकी मनिषा कल्याणले गोल गर्दै खेल बराबरीमा ल्याइन्। तर खेलको ३६ औं मिनेटमा ब्राजिलकी कोस्टा जियोभानाले गोल गर्दै फेरि ब्राजिललाई अग्रता दिलाइन्। खेलको ४२ औं मिनेटमा अन्जु तामाङको कर्नरमा सञ्जुले प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो। पहिलो हाफमा ब्राजिल २-१ गोलअन्तरले अघि रह्यो।

दोस्रो हाफमा भने ब्राजिल खेलमा पूर्णत हाबि रह्यो। खेलको ५२ औं मिनेटमा बोर्गेस एरिएडिना, ५५ औं मिनेटमा फेराज केरोलाइन, ७६ औं मिनेटमा फेरिएरा जिएस र ८१ औं मिनेटमा बोर्गेस एरिएडिनाले गोल गर्दा ब्राजिलले ६-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।

भारतले अर्को खेलमा २९ नोभेम्बरमा चिलीको सामना गर्दैछ। भारतीय टोली अर्को वर्ष आयोजना हुने एएफसी एसियन कपको तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell