PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नारायणगढमा देखिएको पूर्वी रुकुम : झाँक्री नाचका लागि तयार छ यो टोली

नारायणगढमा देखिएको पूर्वी रुकुम : झाँक्री नाचका लागि तयार छ यो टोली

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : चितवन : आज देखि सुरु हुने नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनको नारायणी किनारमा उद्घाटन हुँदै छ। उद्घाटनका लागि भनेर एमालेले देशभरका कार्यकर्ताहरुलाई चितवन ओसारेको छ। 

अहिले उद्घाटनका लागि आएका कार्यकर्ताहरु नारायणगढका गल्ली गल्लीमा देखिन्छन्। सडकमा यातायात गुडेका छैनन्। मुख्य सडकमा कार्यकर्ताहरु र्‍याली सुरु हुनु अगावै बाक्लो रुपमा उपस्थित छन्।

नारायणगणका सडकमा यतिवेला नेपालका विभिन्न अनुहारहरु देखा परेका छन्। यही अनुहारहरु मध्ये पुर्वी रुकुमको एउटा समूह नारायणगढमा देखिएको छ। हिजो पूर्वी रुकुमा बाट हिँडेको ३० जनाको टोलीले महाधिवेशनमा त्यहाँको ऐतिहासिक झाँक्री नाच देखाउँदै छ। 

पुर्वी रुकुमको लुकुम गाउँ देखि आफ्नो ठाउँको  नाँच देखाउँ भनेर लामो यात्रा गरेर यहाँ आइपुगेको टोलीमा रहेका दावा धनले बताए। यो टोली त्यहाँबाट ४ वटा गाडीमा नारायणगढ आइपुगेको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell