PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ लाई रोट्रेड्याम ल्याब अवार्ड



पहिलोपोस्ट

नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ लाई रोट्रेड्याम ल्याब अवार्ड

नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ ले भारतको नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेशन (एनएफडीसी) मा रोट्रेड्याम अवार्ड पाउन सफल भएको छ। सहारा शर्माको निर्देशन रहने फिल्म ‘एक मुठ्ठी बादल’ले नेदरल्यान्डको रोट्रेड्याम ल्याबमा जाने मौका पाएको हो।

फिल्म बजारको को-प्रोडक्सन मार्केटको कार्यक्रम २० देखि २५ नोभेम्बर सम्म भर्चुअल रुपमा चलेको थियो। फिल्म ‘एक मुठ्ठी बादल’ का निर्माता अभिमन्यु दीक्षितलाई यो अवसर प्रदान गरेको फिल्म बजारले जानकारी दिएको छ।

दक्षिण एसियाका उदाउँदो निर्माताको रुपमा दीक्षितलाई यो अवसर दिइएको हो। 'एक मुठ्ठी बादल' ले विदेशी चलचित्रकर्मीहरूसँग सह-निर्माण गर्ने मौका पाएकोमा निकै खुसी लागिरहेको निर्माता अभिमन्यु दीक्षितले फेसबुकमा उल्लेख गरेका छन्।

एनएफडीसीले एक महिनाअघि ११ देशबाट छनोट भएका २० फिल्मको सूची सार्वजनिक गरेको थियो। जसमा नेपालबाट सहारा शर्माको लेखन र निर्देशन रहने‘एक मुठ्ठी बादल’ को स्क्रिप्ट छनौट हुन सफल भएको थियो। गौंथली इन्टरटेन्मेन्टको प्रोडक्सन रहेको यस फिल्ममा अभिमन्यू दीक्षित र अभिनेत्री ऋचा शर्मा निर्माताका रुपमा रहेका छन्।

फिल्मका निर्माता अभिमन्यु नेदरल्यान्डमा आउँदो जनवरी २६ देखि फेब्रुअरी ६ सम्म चल्ने फिल्म फेस्टिभलमा सहभागी हुनेछन्। जहाँ फिल्मकर्मी बाहेक सेल्स एजेन्ट र वितरकको पनि सहभागिता रहनेछ।

केही अप्रत्यासित र दुर्भाग्यपूर्ण घटनाहरू पश्चात आमा र उनको परिवारले वर्षौ देखिको रहस्य र कुन्ठाहरू कसरी सामना गर्न बाध्य हुन्छन् - त्यही कथाको सेरोफेरोमा फिल्म 'एक मुठ्ठी बादल' आधारित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell