PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

प्रधान न्यायाधीशबारे छिट्टै निकास दिने देउवाको भनाइ, बारले भन्यो : महाअभियोगको पर्याप्त आधार छ



पहिलोपोस्ट

प्रधान न्यायाधीशबारे छिट्टै निकास दिने देउवाको भनाइ, बारले भन्यो : महाअभियोगको पर्याप्त आधार छ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको विषयमा गठबन्धनमा छलफल गरेर छिट्टै निकास दिने बताएका छन्। 

आज बार एशोसिएशनका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले छिट्टै निकास दिने बताएका हुन्। प्रधानमन्त्रीसँगको छलफलमा बारले महाअभियोग लगाउने पर्याप्त आधार रहेको जनाएको थियो। 

बारका महासचिव लीलामणि पौडैलका अनुसार बार पदाधिकारी र प्रधान मन्त्री बिचको छलफलमा देउवाले गठबन्धनभित्र छलफल गर्ने बताएका थिए। उनका अनुसार बारले अहिलेसम्मका घटनाक्रम र महाभियोग लगाउन के कति आधार छन् भनेर जानकारी गराएको हो। 
बारले राणाको बहिर्गमनका लागि राजनीतिक स्तरबाट भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह पनि गरेको छ। 

न्यायालय अवरुद्ध भएको एक महिनापछि प्रधान मन्त्री देउवाले बारसँग कुराका लागि समय दिएका थिए। सर्वोच्चमा आन्दोलन जारी रहँदा त्यसलाई आन्तरिक रुपमा सम्बोधन हुनुपर्ने बताउँदै आएका देउवाले आज गठबन्धनमा छलफल गर्ने बताएका हुन्। 

बारले प्रधानन्यायाधीशमाथि महाभियोगको माग गर्दै संघीय संसदका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिलाई पनि ज्ञापनपत्र बुझाइसकेको छ। 

कात्तिक ८ गतेपछि न्यायालयमा सुनुवाइ ठप्प छ। नेपाल बार एशोसिएशनले समेत कात्तिक १४ गतेपछि प्रधानन्यायाधीशविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको छ। बारले राजीनामा माग गरे पनि प्रधानन्यायाधीश जबराले अस्वीकार गर्दै आएका छन्। जबराले संवैधानिक प्रक्रिया फेस गर्ने बताउँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell