PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

शिल्पाका श्रीमान् राज कुन्द्रालाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार



पहिलोपोस्ट

शिल्पाका श्रीमान् राज कुन्द्रालाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार
File Photo : Deccan Herald

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा फेरि मुस्किलमा परेका छन्। बम्बई उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ।

अदालतले उनीसहित सातजनाको धरौटीमा रिहाको निवेदन खारेज गरेको हो। जसमा अभिनेत्री शर्लिन चोपडा र मोडल पुनम पाण्डेको नाम पनि समावेश छ। कुन्द्राका तर्फबाट अधिवक्ता प्रशान्त पाटिलले अदालतमा रिहाका लागि निवेदन दर्ता गरेका थिए।

कुन्द्राले अदालतमा पेश गरेको निवेदनमा उक्त भिडियो कामुक भएता पनि कुनै शारीरिक वा यौन क्रियाकलाप नदेखाइएको उल्लेख गरेका थिए। अश्लील भिडियो बनाएर एपमा रिलिज गर्ने काममा आफ्नो संलग्नता नरहेको र झुटा मुद्दामा फसाइएको राजको दाबी थियो।

तर, न्यायाधीश नितिन साम्ब्रेले अभियुक्तलाई सर्वोच्च अदालत जान चार साताको समय दिएका छन्।

अश्लील फिल्म बनाएको अभियोगमा व्यापारी राज कुन्द्रालाई जुलाईमा पक्राउ गरिएको थियो। उनीमाथि अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको आरोप लागेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell