PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नारायणी नदी किनारमा 'ओली छाप मास्क' किन्नेको घुइँचो



पहिलोपोस्ट

नारायणी नदी किनारमा 'ओली छाप मास्क' किन्नेको घुइँचो

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन अहिले चितवनस्थित नारायणी नदी किनारमा हुँदैछ। उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु नदी किनारमा पुगिसकेका छन्।

एमाले महाधिवेशनमा हेर्न हजारौंको संख्यामा मानिसहरु कार्यक्रमस्थल पुगेका छन्। एमाले नेता कार्यकर्ताहरु पार्टीको झण्डा र अध्यक्ष ओलीको तस्विर भएको मास्क लगाएर  उद्घाटनस्थल प्रवेश गरिरहेका छन्।

प्रवेश गेटमा ओलीको अनुहारको छाप भएको मास्क बिक्री भइरहेको छ। मास्क किन्न सयौं मानिसको घुइँचो लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell