PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

१० औं महाधिवेशन कम्युनिस्ट एकता र निरन्तरताको आन्दोलन : बादल



पहिलोपोस्ट

१० औं महाधिवेशन कम्युनिस्ट एकता र निरन्तरताको आन्दोलन : बादल

चितवन : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डोत्तलन गरी सुरु गरेका छन्। 

कार्यक्रममा उद्घाटनसत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै महाधिवेशन मुल आयोजक समितिका संयोजक रामबहादुर थापा 'वादल'ले देशको राजनीति दुई ध्रुबमा विभाजन भएको भन्दै एउटा ध्रुब अग्रगमन पक्षधर रहेको र त्यसको नेतृत्व नेकपा एमालेले गरेको दाबी गरे। अर्को ध्रुब प्रतिगमन भएको दाबी गरे। यद्यपि, त्यसको नेतृत्व कसले गरेको भनेर नभने पनि उनले इंगित अहिलेको सत्ता गठबन्धनलाई गरेका थिए। मञ्चमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि छन्। 

उनले प्रतिगमनको योजना बमोजिम नेकपालाई तीन टुक्रामा विभाजन गरिएको आरोप लगाए। साथै नेकपा एमाले नै देशको एकमात्र कम्युनिस्ट पार्टी भएको दाबी गरे। 

उनले विधान महाधिवेशनले मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई परिस्कार गरी अगाडि बढाएको बताए। 

'राष्ट्रिय महाधिवेशनले विधान महाधिवेशनले तय गरेको कार्यदिशालाई अगाडि बढाउन सक्षम नेतृत्व चयन गर्नुपर्छ,' उनले भने।  

विधान महाधिवेशन विचार र संगठनको सुदृढिकरण अभियान भएको उनको दाबी थियो। उनले एमालेको १० औं महाधिवेशन नीति र नेतृत्वको विजय र सफलताको महत्त्व पनि भएको दाबी गरे। 

'यो महाधिवेशन राष्ट्र र कम्युनिस्ट आन्दोलनको एकता र निरन्तराको आन्दोलन हो,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell