PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस भक्तपुर जिल्ला सभापतिमा फेरि थापा र कवेँ भिड्ने



पहिलोपोस्ट

कांग्रेस भक्तपुर जिल्ला सभापतिमा फेरि थापा र कवेँ भिड्ने
File Photo

काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबिच प्रतिस्पर्धा हुने भएको छ। थापा र कवेँले प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन्।

यसअघिको भक्तपुरको जिल्ला अधिवेशनमा पनि थापा र कवेँबिच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेँलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित भएका थिए। यस पटक पनि दुवै जनाबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

पार्टीको आजको बैठकबाट उम्मेदवारी दर्ता शनिबार गर्ने सहमति भएको कांग्रेस जिल्ला सहसचिव किरण न्यौपानेले जानकारी दिए।

'आज अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार मतदानको तालिका तय गरिने भएको छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell